add

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप सरकारलाई हस्तान्तरण(तस्बिरसहित)






ActPro Nepal

|

१६ चैत, २०७७

|
1896

काठमाडौं । चीन सरकारद्वारा प्रदान गरिएको ८ लाख डोज कोभिड भ्याक्सिन आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई बालुवाटारमा आयोजित एक समारोहबीच विवरण हस्तान्तरण गरेकी हुन् ।

खोप सोमवार नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ सोमवार बिहान ९: १५ बजे काठमाडौं आइपुगेको थियो ।

चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो ।


उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो (आइतवार) मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो ।

यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।


भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.