काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार ८ महिनाको अवधिमा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ ।
जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो । जुन सरकारी लक्ष्यको ५९.६९ प्रतिशत हो । २०७७ साल चैत्र ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ ।
आर्थिक वर्ष २०७७/ ७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको थियो । फागुन महिनासम्ममा चालूतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ ।
जुन वार्षिक बजेटको तुलनामा ४८.१८ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२.४४ प्रतिशत हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।