add

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म खरीद गर्न सकिन्छ ?






ActPro Nepal

|

१२ चैत, २०७७

|
902

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मुल्य रु. १ हजार ५ सय दुई रुपया पचास पैसा तोकिएको यस शेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।

ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.