काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले गत शुक्रबारदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयरमा आवेदन दिने अन्तिम दिन हो ।
निष्किाशित कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी(आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता अैसतभन्दा कमजोर रहेको जनाउँछ ।
कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।
लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष रहेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई २६ लाख ९७ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा २ लाख ६९ हजार ७०० जनालाई मात्र सेयर दिन पुग्छ ।
कम्पनीको आइपीओ अहिलेसम्म सवा १२ लाख बढीले आवेदन दिइसकेका छन् भने अझै आवेदन दिने समय आज दिनभर बाँकी छ । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।