add

सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै






ActPro Nepal

|

१० चैत, २०७७

|
815

काठमाडौं । सिभिल बैंकले ‘ग्लोबल मनी विक’ को उपलक्ष्यमा देशका सातै प्रदेशमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले चैत ९ गतेदेखि १५ गतेसम्म प्रदेश १ देखि ७ सम्म क्रमशः विभिन्न जनचेतनामूलक वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न लागेको हो ।

बैंकले चैत ९ गते प्रदेश १ मा अर्किड कलेज, विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम र बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने भएको छ ।

यसैगरी, १० गते प्रदेश २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम र खुद्रा व्यापारीहरुमा क्यू आर कोड वितरण, ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने भएको छ ।

यसैगरी, १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा, १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा, १४ गते कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेत र १५ गते सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ ।

यी वित्तीय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोबारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रव्य दृश्य सामाग्री सहितको प्रस्तुति गरीने कुरा बैंकले जनाएको छ ।

साथै बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतीय माध्यमहरु (मोबाइल एप, क्यू आर कोड, एटीएम, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, पीओएस र डिजिटल वालेटको बारेमा चेतनामूलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.