काठमाडौं । साताको पहिलो कारोबार दिन निकै उछाल देखिएको शेयर बजार दोस्रो दिन भने राताम्मै भएको छ । आज नेप्से परिसूचक २४.०६ अंकले घटेर २५१४.४० अंकमा झरेको झर्यो ।
आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सामेबार इन्डेक्स ४.७९ अंकले घटेर ४४८.८० अंकमा झरेको छ ।
सोमबार जलविद्युत र होटल एण्ड टुरिजम बाहेक अन्य सबै समुहको सूचक घट्यो । जलविद्युतको सूचक ४.७९ प्रतिशत बढ्यो भने होटल एण्ड टुरिजमको ३.३७ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोन समुहको घट्यो । समुहको सूचक २.२७ प्रतिशत घट्यो । त्यस्तै, लघुवित्त समुहको २.०३ प्रतिशत घट्यो ।
सोमबार २११ कम्पनीको १ करोड ९ लाख ३१ हजार ३ सय ५८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
आज दुई कम्पनीका लगानीकर्ता मालामाल भए । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशत बढ्यो भने चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै प्रिड्युन्टीएल इन्स्योरेन्सको शेयर धनीले गुमाए । इन्स्योरेन्सको शेयर मूल्य ४.७१ प्रतिशत घट्यो । त्यस्तै, सर्पोट लघुवित्तको ४.४७ प्रतिशत घट्यो ।
सोमबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशीले गर्यो । कम्पनीले ४६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।