add

हवाई भाडा बढ्यो कहाँको कति पुग्यो, हेर्नुहोस सूचीसहित






ActPro Nepal

|

६ चैत, २०७७

|
988

काठमाडौं । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन्।

वायु सेवा सञ्चालक संघले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा वृद्धि गरेको हो ।

नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जारी विज्ञिप्तमा जनाइएको छ । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।

संघका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा साविकको तुलनामा ७० शूल्क बढेको छ । काठमाडौंबाट धनगढी जाँदा ९० रुपैयाँ बढी तिर्नुपर्नेछ । काठमाडौंबाट सिमराका लागि २० रुपैयाँ बढी तिर्नुपर्ने गरी हवाई भाडामा इन्धनको शूल्क बढेको छ ।

माउन्टेन उडानमा २५ रुपैयाँ, काठमाडौं–भद्रपुर ६० रुपैयाँ, काठमाडौं– विराटनगर ५० रुपैयाँ, काठमाडौं–जनकपुर २५ रुपैयाँ, काठमाडौं– भरतपुर रुपैयाँ, काठमाडौं– पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ बढेको छ ।

त्यस्तै काठमाडौं–नेपालगञ्ज ६५ रुपैयाँ, काठमाडौं–धनगढी ९०रुपैयाँ, काठमाडौं–तुम्लिङटार ४० रुपैयाँ, काठमाडौं– सुर्खेत ६५ रुपैयाँ र काठमाडौँ–सिमराको उडानमा ३० रुपैयाँ भाडा बढेको छ ।

त्यस्तै विराटनगर–तुम्लिङटार २० रुपैयाँ, पोखरा–भरतपुर २० रुपैयाँ, पोखरा–पोखरा–नेपालगञ्ज ५० रुपैयाँ, पोखरा माउन्टेन ६० रुपैयाँ, काठमाडौं–सुर्खेत ७० रुपैयाँ, विराटनगर–माउन्टेन ६५ रुपैयाँ, काठमाडौं–राजविराज ४० रुपैयाँ र विराटनगर–भोजपुरको उडानमा १५ रुपैयाँ भाडा बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.