काठमाडौं । नेपाल बैंक लिमिटेडले २०५ औं शाखा दैलेखको नारायण नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।
कर्णालीमा बैंकको यो १२औं शाखा हो । बैंकले कर्णाली प्रदेशका दश जिल्लामध्ये ७ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लामा छिट्टै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए ।
उनले ग्रामिण अर्थतन्त्रलाई उकास्न बैंकले ६ दशमलव ९९ प्रतिशत व्याजदरमा साना तथा मझौंला उद्यमी तथा व्यवसायीहरुका लागि आकर्षक प्याकेज अघि सारेको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।