add

एनसीसी बैंकको ३ अर्बको ऋणपत्र चैत्र १३ गतेदेखि बजारमा आउँदै, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक






ActPro Nepal

|

५ चैत, २०७७

|
1499

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चैत्र १३ गते शुक्रबारबाट  ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

बैंकले १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । 

जसमध्ये बैंकले सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी काेषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । 

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । चैत्र १३ गते, शुक्रबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा चैत्र १८ गतेसम्म र ढिलोमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.