add

डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख नजिक,फागुनमा मात्रै थपिए करिब ४ लाख डिम्याट खाता






ActPro Nepal

|

३ चैत, २०७७

|
1024

काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३  लाख  नजिक  पुुगेको  छ ।

पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र  सार्वजनिक  सेयर  निष्कासन  (आईपीओ)मा सर्वसाधारणको  आकर्षणले  डिम्याट  खोल्नेको सङ्ख्या बढिरहेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म हितग्राही (डिम्याट) खाताको संख्या ३२ लाख ११ हजार ४१६ पुगेको हो ।

फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।

माघ ६ गतेपछि ६ लाखले डिम्याट खोलेका छन् । माघ ६ गते डिम्याट खाताको संख्या २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको थियो ।

पछिल्लो चरणमा प्राथमिक बजारमा १८ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले दिएका छन् ।

कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत भन्दा कमले लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३  लाख  नजिक  पुुगेको  छ ।

पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र  सार्वजनिक  सेयर  निष्कासन  (आईपीओ)मा सर्वसाधारणको  आकर्षणले  डिम्याट  खोल्नेको सङ्ख्या बढिरहेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म हितग्राही (डिम्याट) खाताको संख्या ३२ लाख ११ हजार ४१६ पुगेको हो ।

फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।

माघ ६ गतेपछि ६ लाखले डिम्याट खोलेका छन् । माघ ६ गते डिम्याट खाताको संख्या २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको थियो ।

पछिल्लो चरणमा प्राथमिक बजारमा १८ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले दिएका छन् ।

कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत भन्दा कमले लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.