add

‘अघिल्लो वर्षका आयोजना समयमै सक्नु,नयाँ प्रस्ताव नगर्नू’- अर्थ मन्त्रालय






ActPro Nepal

|

२ चैत, २०७७

|
809

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरुलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।

अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न आग्रह गरेको हो ।

मन्त्रालयले नयाँ नयाँ भवन निर्माण र सवारी साधन खरीद गर्न बजेट नछुट्याउन र अनिवार्य सहभागी हुनुपर्नेबाहेक वैदेशिक भ्रमणमा बजेट नराख्न पनि भनेको छ ।

वैदेशिक सहायतामा संचालनमा रहेका आयोजना तथा कार्यक्रममा पर्याप्त बजेट राख्न भनिएको छ । त्यस्तै राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनामा पनि धेरै बजेट राख्न भनिएको छ ।

छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख तथा सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोहीअनुरुप योजना तर्जुमा गर्न आग्रह गरे ।

उनले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए ।

अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने सःसर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ ।

अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.