add

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित






ActPro Nepal

|

२ चैत, २०७७

|
1298

वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । 

उनी सर्वसम्मतका साथ अध्यक्षमा चयन भएका हुन ।  नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै  बैंक बित्तिय तथा बिमा समितिको उपसभापति, चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष समेत रहेका गुप्ताको मनोनयन विरुद्धमा कसैले पनि उम्मेदवारी  गराएनन् ।  

त्यसैगरि उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह-कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, उद्योगतर्फको सह-सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन भएका छन् । गुप्ता नेतृत्वको यस कार्यसमितीको  कार्यकाल २ बर्षको रहने छ ।   



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.