add

महिला चेम्बरको ट्रेड फेयर सम्पन्न






ActPro Nepal

|

२६ फागुन, २०७७

|
851

काठमाडौँ  । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीनदिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौँको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।

व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवम् स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गरे । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए ।

तीन दिनसम्म चलेको मेलामा मण्डला सिल्कको स्टलले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै अग्नि नेपाल प्रालिले द्वितीय स्थान र गोर्खा चेम्बर अफ कमर्सले तृतीय स्थान प्राप्त गरेको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्तालगायतका ९० स्टल राखिएका थिए ।

मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए ।

ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताइन् । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.