add

‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने






ActPro Nepal

|

२६ फागुन, २०७७

|
1489

काठमाडौं । चलचित्र ए मेरो हजुर-४ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। नायक अनमोल केसी, सालने बस्नेत तथा नायिका सुहाना थापा अभिनीत यो चलचित्र आउँदा वर्षको भदौ १८ गतेबाट प्रदर्शनमा आउनेछ। 

चलचित्रको फस्टलुक पनि सार्वजनिक भएको छ। फस्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन्। झरना थापाको निर्देशनमा बनेको यो चलचित्र सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको हो। 

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। यो वर्षको दशैंमा नै प्रदर्शनमा ल्याउने तयारी थियो। 

कोरोना महामारीका कारण छायांकन नै पूरा हुन सकेको छैन। चलचित्रको करिब १० प्रतिशत छायांकन अझै बाँकी छ, जुन केही दिनबाट शुरु गरिनेछ। 

चलचित्रको प्रदर्शन मिति तीजको छेको पारेर तय गरिएको निर्माता सुनिलकुमार थापाले बताए। चलचित्रको मिति तथा फस्टलुक सार्वजनिक गर्दै निर्माता थापाले भने, “सदाझैं हजुरहरूको साथ र सहयोगको अपेक्षा राखेका छौं।”


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.