add

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड ४७ लाख भन्दा बढी






ActPro Nepal

|

२६ फागुन, २०७७

|
904

काठमाडौं । नेपालमा इन्टरनेटको पहुँच बढ्दो क्रममा छ। 

नेपालमा विभिन्न सेवा प्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २ करोड ४७ लाख ३५ हजार ६ सय ५० जना पुगेको छ । 

जसमा १ करोड ८० लाख मानिसले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदन अनुसार  नेपालमा ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता मध्ये १ करोड ८० लाख २६ हजार ६ सय ४६ जनाले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका हुन् । 

प्राधिकरणको तथ्यांक अनुसार तारको मद्दतमा ब्रोडव्याण्ड चलाउने ६४ लाख ७६ हजार २ सय २३ जना रहेका छन् । त्यस्तै तार बिना ब्रोडव्याण्ड प्रयोग गर्ने मानिसको संख्या २ लाख ३४ हजार ७ सय ७२ जना रहेको छ । 

नेपाल टेलिकमको इनटरनेट प्रयोगकर्ता १ करोड २५ लाख 

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने मानिसको कुल संख्यामध्ये १ करोड २५ लाख नेपाल टेलिकमकै प्रयोगकर्ता छन् । 

कुल १ करोड २५ लाख १५ हजार ५ सय २७ जना टेलिकमको मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेकोमा फोरजी प्रयोगकर्ताको संख्या २३ लाख ८३ हजार २ सय ५६ जना छ भने थ्रिजी प्रयोगकर्ताको संख्या ८६ लाख ३४ हजार २ सय ७७ जना छ । 

एनसेल/स्मार्टसेल 

एनसेलको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ६६ लाख ५२ हजार ८ सय ३२ जना रहेको छ । जसमा ४० लाख ८६ हजार १ सय ३९ जनाले फोरजी प्रयोग गर्छन् भने २५ लाख ६६ हजार ६ सय ९३ जनाले थ्रिजी प्रयोग गर्छन् । 

यस्तै, स्मार्ट सेलको मोबाइलबाट इन्टरनेट चलाउने मानिसको संख्या २ लाख १९ हजार ७ सय ८ जना रहेको छ । यी सबै मानिसले फोरजी प्रयोग गर्छन् । 

एनसेल र स्मार्टको मोबाइल इन्टरनेट मात्रै छ भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन र वाइम्याक्स सेवा पनि प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.