add

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक






ActPro Nepal

|

२५ फागुन, २०७७

|
988

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका एक नेताले जनाकारी दिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ–आफ्नो कित्तामा लागेका छन् ।

ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन्। यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ।

आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.