add

नेप्से परिसूचक २२ अंकले घटयो,५ अर्बको कारोबार






ActPro Nepal

|

२३ फागुन, २०७७

|
1714

काठमाडौ । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै बनेको छ । आइतबार नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ अंकमा झरेको छ ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आइतबार इन्डेक्स १.७८ अंकले घटेर ४४९.६८ अंकमा झर्यो ।

आइतबार होटल एण्ड टुरिजम र जलविद्युत बाहेक अन्य सबै समुह घट्यो । होटल एण्ड टुरिजमको २.२४ प्रतिशत र जलविद्युतको ०.९२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको घट्यो । ट्रेडिङको ४.६८ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमाको १.८१ प्रतिशत, इन्भेपटमेन्टको १.७८ प्रतिशत घट्यो ।

आइतबार कारोबार रकममा पनि कमी आयो । आज २ सय ११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ लाख ६६ हजारको कारोबार गर्यो ।

आज तीनवटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो र राइरङ जलविद्युत कम्पनी छन् ।

सबैभन्दा धेरै गुमाउनेमा नेशनल हाइड्रोपावर कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.५२ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्टेक्चर बैकले गर्यो । बैंकले ४२ करोड ७८ लाख ४० हजार रुपैयाँको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.