add

कोरोना बीमा : ८४ हजार दाबीमध्ये ४८ हजारले पाए भुक्तानी






ActPro Nepal

|

२३ फागुन, २०७७

|
1312

काठमाडौं । बीमा समितिले कोरोना बीमा वापत हालसम्म साढे ४ अर्ब भन्दा बढी भुक्तानी भएको जनाएको छ । बीमा समितिको तथ्याङ्क अनुसार शुक्रबारसम्म ८४ हजार ८७४ जनाको प्रक्रिया पुरा भएकोमा ४८ हजार ६९ जनाले भुक्तानी पाएका छन् ।

उनीहरुलाई कुल ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।

३ हजार ६ सय ३९ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

बीमा कम्पनीहरूले मापदण्डबाहिर रहेर भुक्तानी दिन नमिल्ने भएकाले ढिला भएको भन्दै सबै कागजात पेस गर्न अनुरोध गरेको छ । दोहोरो बीमा दावी गर्ने ४८२ जनाको फाईल बीमा दावी भुक्तानी नपाउने गरी फाईल क्लोज गरिएको छ ।

तथ्याङ्क अनुसार १० हजार ९ सय ४६ वटा फाईल स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा रोकिएको छ ।

इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणसँग आवेदकको नाम प्रमाणित गरेर मात्रै कोरोना बीमा रकम भुक्तानीका लागि स्वीकृति दिइन्छ।

समितिका अनुसार २२ हजार ८२८ वटा आवेदन महाशाखामा प्रमाणीकरणका लागि पठाइएकोमा ११ हजार ३ सय ४२ वटा स्वीकृत भएर आइसकेको छ।

त्यस्तै ३ हजार ११२ वटा आवेदन प्रमाणिकरणको प्रक्रियामा छ। यसका अलावा १४ हजार ३ सय ९३ आवेदन बीमक संघको भेरिफीकेशन प्रक्रियामा रहेका छन । उनीहरुले दावी भुक्तानीको लागि एउटा कम्पनीबाट कागजात पेश गरिसकेको अवस्थामा पुनः दोस्रो पटक पनि दावी भुक्तानीको लागि कागजात पेश गरेकोले दावी भुक्तानी नदिने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।

समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.