add

डिम्याट खोल्नेको संख्या ३० लाख नाघ्यो, अनलाइन प्रयोगकर्ताको संख्या ४ लाख ४५ हजार






ActPro Nepal

|

२३ फागुन, २०७७

|
1289

काठमाडौं । नेपालमा डिम्याटको संख्या ३० लाख नाघेको छ । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको पछिल्लो तथ्यांक अनुसार शुक्रबारसम्म हितग्राही (डिम्याट) खाताको संख्या ३० लाख ६१ हजार ६६८ पुगेको हो ।

माघ ६ गतेपछि ४ लाखले डिम्याट खोलेका छन् । माघ ६ गते डिम्याट खाताको संख्या २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको थियो ।

पछिल्लो चरणमा प्राथमिक बजारमा १५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् । कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्नेका मध्ये ५० प्रतिशत बढी लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ । 

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ । 

अनलाइन प्रयोगकर्ताको संख्या ४ लाख ४५ हजार

नेपालमा अनलाइन शेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३ सय ५३ जना पुगेको छ । जसमध्ये, सक्रिय अनलाइन प्रयोगकर्ताकाे संख्या २ लाख २२ हजार ५ सय ६९ जना रहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रकाशन गरेकाे विवरण अनुसार फागुन २० गते, बिहीबारसम्म ब्रोकर खाता खोल्नेको संख्या ५ लाख ९४ हजार ८ सय ७९ जना पुगेकाे छ । 

उक्त तथ्यांकमा उल्लेख भए अनुसार अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ५८ रहेको छ । नासाले हालसम्म ४१ हजार ९ सय २ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ ।       

हेर्नुस् कुन ब्रोकरमा कति ?                                                                                 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.