add

नेपालको अर्थतन्त्रको वृद्धिदर -१.९९ प्रतिशतले ऋणात्मक






ActPro Nepal

|

२१ फागुन, २०७७

|
1077

काठमाडौं । नेपालमा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ । तथ्याङ्क विभागका अनुसार आधार वर्ष परिवर्तन गरी मापन गरिएको अर्थतन्त्रमा आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक देखिएको हो ।

गत वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा २०७७ वैशाखमा तथ्याङ्क विभागले दोस्रो चौमासिकका आधारमा २ दशमलव २७ प्रतिशतको आर्थि वृद्धि हुने प्रक्षेपण गरेको थियो भने राष्ट्रिय योजना आयोगले पछिल्लो पटक शून्य दशमलव ६५ प्रतिशतमा खुम्चन सक्ने प्रक्षेपण गरेको थियो ।

विभागले  बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदनअनुसार ऋणात्मक अर्थात् माइनस १ दशमलव ९९ प्रतिशत देखिएको हो । आर्थिक वृद्धिदर घटे पनि आधार वर्ष परिवर्तन गरिएकाले अर्थतन्त्रको आकार भने ३९ खर्ब ४३ अर्ब पुगेको छ ।

चालु आर्थिक वर्षमा ४ दशमलव ४ प्रतिशतको ऋणात्मक देखिएको छ । यो चालु वर्षको पहिलो त्रैमासिक तथ्यांकको आधारमा विश्लेषण गरिएको हो । चालु वर्षको साउनदेखि असोजसम्मको अवधिमा कोरोना संक्रमण बढेको तथा आर्थिक क्रियाकलाप निकै सुस्त रहेका थिए भने सार्वजनिक सवारीसाधनहरू चल्न सकेका थिएनन् ।

सरकारले चालु वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । विश्व बैंकले भने चालु वर्षमा शून्य दशमलव २ प्रतिशतको मात्रै र गत आर्थिक वर्षमा शून्य दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने बताएको थियो ।

पछिल्लो तीन दशकमा सबैभन्दा कम आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७२–७३ मा भएको थियो । भूकम्पका कारण ठूलो धनजनको क्षति भएपछि त्यस आर्थिक वर्ष जम्मा शून्य दशमलव २ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएको थियो । त्यसपछिका तीन आर्थिक वर्ष लगातार ६ प्रतिशतमाथिको आर्थिक वृद्धिदर कायम भएको थियो ।

कोभिड–१९ को असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भणडार क्षेत्रमा परेको छ । यी क्षेत्रमा २५.७ प्रतिशत र १३.४ प्रतिशत सङ्कुचन आयको छ । थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माणमा ५.६ प्रतिशत, खानी तथा उत्खननमा २.२ प्रतिशतले खुम्चिएको छ ।

विद्युत तथा ग्याँस क्षत्रमा २५.६ प्रतिशत सकारात्मक वृद्धि भएको छ । सार्वजनिक प्रशासन ६.२ प्रतिशत, मानव स्वास्थ ५.२ प्रतिशतले सकारात्मक वृद्धि प्राप्त भएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७३-७४ मा ७.७, २०७४-७५ मा ६ दशमलव ३ र २०७५-७६ मा ६ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । यो सन् २०००-२००१ को आधार वर्षमा हो भने २०१०÷११ को आधार वर्षमा ६ दशमलव ३९ प्रतिशत देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.