add

शेयर बजार राताम्मै : नेप्से ३९.२३ अंकले घट्दा ६ अर्ब २५ करोडको कारोबार






ActPro Nepal

|

१९ फागुन, २०७७

|
866

काठमाडौं । साताको चौंथो कारोबार दिन आजपनि शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६.२३ अंकमा झर्यो । यो संख्या सोमबारको तुलनामा १.६० प्रतिशत कम हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने वृद्धि भएको छ । आज २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ४८ लाखको कारोबार भयो ।

बुधबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एशियन लाइफ इन्स्योरेन्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.३६ प्रतिशत घट्यो । नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ७.३१ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दुरसञ्चार कम्पनीले गर्यो । कम्पनीले २९ करोड ९७ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.