add

मोलुङ्ग हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त






ActPro Nepal

|

१९ फागुन, २०७७

|
750

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ)  निश्कासन गर्ने भएको छ ।   

आइपीओ निश्कासनको लागि सन्राइज क्यापिटल लिमिटेललाई निश्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।  

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने लागेको हो ।  कुल कित्ताको स्थानीय प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता  छुट्टयाईएको छ ।  

आईपीओ निश्कासनको लागि मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । 

हाइड्रोपावर कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत  बिजयलाल श्रेष्ठले हाइड्रोपावर कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन, काठमाण्डौमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ७ मे.वा. क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट मिति २०७४/१२/१२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । 

मिति २०७७/१०/२५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी एक अर्ब र जारी पूंजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो । उक्त निर्णय पश्चात सेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६% अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गरिनेछ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.