काठमाडौं । साताको पहिलो कारोबार दिन राताम्मै रहेको शेयर बजारमा दोस्रो दिन भने उछाल देखिएको । आज नेप्से परिसूचक ४०.४६ अंकले बढेर २५१५.०३ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा १.६४ प्रतिशत बढी हो ।
आज राम्रा र बलिया क्मपनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स ६.४६ अंकले बढेर ४५३.७५ अंकमा पुगेको हो ।
सोमबार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ३.३२ प्रतिशत बढ्यो ।
आइतबारको तुलनामा आज कारोबारमा भने कमी आएको छ । सोमबार २०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६९ करोड २३ लाखको कारोबार भयो ।
सोमबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.९० प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा सिटिजन म्यूचल फन्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य १.८४ प्रतिशत घट्यो ।
सोमबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फा इस्टेक्चर बैंकले गर्यो । बैंकले ४४ करोड ४८ लाखको कारोबार गर्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।