add

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा, प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल






ActPro Nepal

|

१७ फागुन, २०७७

|
771

काठमाडौं । सर्बोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बिकसित घटनाक्रम र भावी रणनीतिका लागि नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक बसेको छ ।

संसद अधिवेशन आह्वान भएसँगै रणनीति बनाउन  सचिवालय बैठक बसेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल केन्द्रित गरेको छ ।

पार्टीभित्र देखिएको कानून अड्चनदेखि कांग्रेस र जनता समाजवादी पार्टीसँगको छलफलबारे व्रिफिङ हुँदैछ । कांग्रेस र जसपाले आधिकारिकता खोजेपछि प्रचण्ड–माधव समूह रणनीति बनाउन जुटेको हो ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। सोही अनुसार २३ गते अपरान्ह ४ बजे अधिवेशन आह्वान गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.