add

८० अंकले ओर्लियो सेयर बजार,साढे ८ अर्बको कारोबार






ActPro Nepal

|

१६ फागुन, २०७७

|
891

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंकमा झरेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशत कम हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १४.५३ अंकले घटेर ४४७.२९ अंकमा झर्यो ।

आइतबार कारोबारमा आएका मध्ये होटल/टुरिजम बाहेक अन्स सबै समुहको ूिचक घट्यो । होटल र टुरिजम समुहको सूचक ०.५४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै इन्भेष्टमेन्ट समुहको घट्यो । उक्त समुहको सूचक ४.१३ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको ३.८९ प्रतिशत घट्यो ।

आइतबार २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३५ करोडको कारोबार भयो ।

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्तका शेयर धनी छन् । लघुवित्तको शेयर मूल्य ७ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले १ अर्ब २ करोडको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.