काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेर २६४०.३४ विन्दुमा पुगेको नेप्से सोमबार ३२.६७ अंकले नेप्से घटेर २६०७.६७ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०७ कम्पनीको ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६१७ रुपैयाँ बराबरको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १० वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०७ कम्पनीमध्ये ३१कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका ८ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनी मध्ये २ कम्पनीको सेयरमूल्य १० प्रतिशले बढेको छ भने अन्य ६ कम्पनीको ९ प्रतिशत बढेको छ ।
आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत, चन्द्रागिरी हिल्स ९.६७, सनराइज फस्ट म्युचुअल ९.५९ र खानीखोला हाइड्रोको ९ दशमलव ४० प्रतिशतल शेयरमूल्य उच्च बृद्धि भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।