add

ओली र प्रचण्डको जस्तो ठूलो जुलुस निकाल्न कांग्रेससँग पैसा छैनः देउवा






ActPro Nepal

|

६ फागुन, २०७७

|
1287

पोखरा । नेपाली कांग्रेस सभापतिका शेरबहादुर देउवाले ठूलो जुलुस निकाल्न आफूहरुसँग पैसा नभएको बताएका छन् ।

बिहीबार नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जस्तो ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको बताएका छन् ।

संसद् विघटन संवैधानिक, असंवैधानिक भए पनि जुलुस निकाल्न सक्ने अवस्था नभएको उनको भनाइ थियो ।

‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’

कांग्रेसमा क्रियाशील सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उनले बताए । ‘क्रियाशील लिनेबेला मारामार हुन्छ । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन्’, उनले भने, ‘जुलुसमा झन् के आउँथे ।’

अहिलेको बेला अदालतलाई निर्णय गर्न दिने तर यसो गर उसो गर नभनौं र भन्न पनि पाइँदैन भन्दै उनले अदालतले संसद् पुनस्स्थापना गरे पनि स्वीकार्ने र चुनाव भने पनि चुनावमा जाने प्रस्ट पारे । ‘अदालतको निर्णय मान्छौं । अदालतलाई नमाने कसलाई मान्ने’ उनले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.