add

प्रचण्ड–नेपाल समूहकाे चौथो चरणको आन्दोलन आजदेखि सुरु हुँदै






ActPro Nepal

|

५ फागुन, २०७७

|
1182

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबारदेखि चौथो चरणको आन्दोलन थाल्दैछ । 

चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम गर्न लागेको हो । विहिबार राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ। 

कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने ,फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ । 

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल-नेपाल समूह आन्दोलनमा छ। 

यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो। काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।                                   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.