add

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै






ActPro Nepal

|

५ फागुन, २०७७

|
839

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा २ बजेका लागि बोलाईको हो ।

आज बस्ने बैठकमा १४ औँ महाधिवेशनबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको बताइएको छ । यसअघि कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तोकिएको महाधिवेशन मितिमा संभव नभएपछि नयाँ मिति तय गर्न लागेको हो।

यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको कार्यकाल फागुन १९ गतेसम्म मात्रै रहेको छ । संविधान अनुसार कांग्रेसलाई ६ महिना कार्यकाल थप गर्न बाटो खुला हुन्छ।

देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.