add

सत्ताउन्माद प्रस्तुत नगर्न सत्तारुढ नेकपालाई कांग्रेसको चेतावनी






ActPro Nepal

|

५ फागुन, २०७७

|
1211

काठमाडौँ । बैतडीको डिलासैनीमा आफ्नो पार्टीको कार्यक्रममा केपी शर्मा ओली पक्षले गरेको आक्रमणप्रति नेपाली कांग्रेसले निन्दा गरेको छ । नियोजित रुपमा आक्रमण गरेको भन्दै कांग्रेसले सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएको हो ।

मंगलबार डिलाशैनी गाउँपालिकाको पंसेरामा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी आमसभामा आएको एक समूहले कार्यक्रममा विवाद सुरु गर्दा झडप भएको थियो । उक्त घटनामा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाको संलग्नता रहेको कांग्रेसले दाबी गरेको छ ।

विज्ञप्ति जारी गर्दै कांग्रेसले दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेको छ । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको भन्दै यस्ता प्रवृत्ति परित्याग गर्न कांग्रेसले विज्ञप्ति मार्फत चेतावनी दिएको हो ।                                                                 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.