काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा माग भन्दा ५० गुणाबढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परको हो ।
जसमा १२ लाख १ हजार ८९० जनाले १ करोड ८५ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ४९.४२ गुणा बढी आवेदन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो ।
जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको साधारण सेयर तथा आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।