काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थ र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।
निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ४ पुगेको छ।
यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९५ कायम गरिएको निगमले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।