add

शान्तिपूर्ण आन्दोलनको कुरा नसुनिए बालुवाटार घेर्नेगरि आँधी-हुरी आउँछ, कसैले थाम्‍न सक्दैन : प्रचण्ड






ActPro Nepal

|

२८ माघ, २०७७

|
1154

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्। 

काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज गरेको खण्डमा बालुवाटार र सिंहदरबार घेर्ने बताएका हुन् । 

“मैले हिसाब त गरेको छैन, मलाई आएको एसएमएसअनुसार यहाँ पाँच लाख मानिस जम्मा भएका छन्, यो उपस्थितिलाई नजरअन्दाज गरियो भने भोलि हामी सिंहदरबार र बालुवाटार पनि घेर्नेछौं,” प्रचण्डले भने, “मलाई संवैधानिक निकायले पनि यो जनसभा हेरेर पनि संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भन्ने विश्वास लिएको छु।” 

सर्वोच्च अदालत र निर्वाचन आयोगले जनसभा हेरेर निर्णय गर्नुपर्ने र त्यसो नगरेको आन्दोलन गर्ने धम्की पनि प्रचण्डले दिएका छन्। 

“संविधान र लोकतन्त्रका विरुद्धमा केही काम गरियो भने दुर्भाग्यपूर्ण यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा जान्छ, विद्रोहमा गयो भने के हुन्छ? हिजो सानो टुकडीले युद्ध गर्दा कस्तो अवस्था भएको थियो, हेक्का राख्नु पर्छ,” प्रचण्डले जनसभामा भने, “संवैधानिक व्यवस्थाअनुसार जाने कमिटमेन्टअनुसार संविधान निर्माण गरेका हौं, त्यो भएन भने अब आँधी आउँछ, हुरी आउँछ, ‘ग्रिन रिभोलुसन’ हुन्छ नेपालमा, त्यो शान्तिपूर्ण हुन्छ।”  

आफ्नो समूहले गर्ने आन्दोलन शान्तिपूर्ण हुने भन्दै त्यस आन्दोलनले मात्रै लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रचण्डले जनाएका छन्। 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्काउने कार्य गरेको पनि प्रचण्डको आरोप छ। “ओलीसँग डराएर संवैधानिक निकायले फैसाला गर्छन् भनेर पत्याउँछन् त? म त पत्याउँदिनँ, तर निर्वाचन आयोगले राम्रो संकेत भने देखाएको छैन,” प्रचण्डले भने, “तर निर्वाचन आयोग नडराऊ, काईते कुरामा विश्वास गर्ने? तपाईंहरू डराउनु पर्दैन।” 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको मुद्दामा पश्चातापबोध गर्दै राजीनामा दिएको वक्तव्य निकाल्न ओलीलाई प्रचण्डले सुझाव दिएका छन्। 





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.