काठमाडौं । पछिल्ला दुई दिन लगातार नयाँ रेकर्ड कायम गरेको सेयर बजारमा दोहोरो अंकको घटेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा आइपुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १९४ कम्पनीको ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ बराबरको १ करोड ५९ हजार ८५ हजार १९८ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये विकास बैंक र फाइनान्स बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २००.०५ अंकले घटेको छ भने विकास बैंक १८.४५ अंकले बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।