add

कोरोनाका बीच नयाँ उद्योग खुल्ने क्रम बढयो, ६ हजारले प्रत्यक्ष रोजगारी पाउने






ActPro Nepal

|

२६ माघ, २०७७

|
1012

काठमाडौं । कोरोनाका कारण थलिएका उद्योग,कलकारखाना खुल्ने क्रममा रहेका बेला नयाँ उद्योग दर्ता हुने क्रम भने रोकिएको छैन ।

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार जसमा १७ वटा ठूला उद्योगहरु रहेका छन् । मझौता उद्योग २१ वटा र साना उद्योग ६५ वटा दर्ता भएका छन् ।

ती उद्योग संचालन गर्न कुल २१ खर्ब ९८ अर्ब रुपैयाँ लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । यी मध्ये ३ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ विदेशी लगानी हो ।

यो सँगै विभागमा दर्ता भएका उद्योगको संख्या ८ हजार ३ सय ५० पुगेको छ । औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ उद्योगलाई लिइन्छ ।

विराटनगरमा १९९३ मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालमा स्थापना भएर दर्ता भएको पहिलो उद्योग मानिन्छ ।

६ हजारभन्दा धेरैलाई रोजगारी

विभागको तथ्यांक अनुसार विदेशी तथा स्वदेशी १ सय ३ वटा उद्योगमा ६ हजार २ सय ८८ व्यक्तिले रोजगारी पाउने भएका छन् ।

जसमा विदेशी लगानी रहेको उद्योग क्षेत्रमा ३ हजार ४ सय ८० जनाले रोजगारी पाउनेछन् भने स्वदेशी लगानी गरेको उद्योग क्षेत्रमा २ हजार ८ सय ८ जनाले रोजगारी पाउनेछन् ।

कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ । यसले कोभिडबाट भएको क्षतिलाई उठाउन ठूलो सहयोग गर्नेछ आंकलन गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.