add

नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने






ActPro Nepal

|

२६ माघ, २०७७

|
993

काठमाडाैं। निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो ।

उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त भएका थिए । आयुक्तहरुको कार्यविभाजनसँगै नेकपाभित्रको विवादका विषयको निरुपणको प्रक्रिया समेत सुरु भएको आयोगले जनाएको छ ।

नेकपाको आधिकारिता विवादको टुंगोमा पुग्न आयोगमा प्राप्त सबै कागजात कानुनअनुसार भएको पाइए कम्तिमा ४५ दिन समय लाग्ने देखिन्छ । राजनीीतक दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा आयोगलाई विवाद टुंगाउन समम लाग्ने देखिएको हो ।

दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताको दाबी पेस भएमा निर्वाचन आयोगले अर्को पक्षलाई दाबीबारे लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिनुपर्छ ।

१५ दिनभित्र जवाफ पेस गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेस गर्न आयोगले पुनः १० दिन समय थप गर्न सक्नेछ । त्यसपछि आयोगले विवादका सम्बन्धित पक्षहरुलाई आपसी सहमतिबमोजिम विवाद निरुपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ भने आवश्यक परे पेस गरिएका सदस्यहरुको नामावली सनाखतको प्रक्रियासमेत हुनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.