काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक वितरक जगदम्बामोटर्स ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ ।
उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका हुन् ।
टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।
उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशानामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।