add

फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुन्छ, केपी ओलीको आयु सकिन्छ: प्रचण्ड






ActPro Nepal

|

२२ माघ, २०७७

|
1146

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुनको पहिलो साताबाट ठूलो आन्दोलन हुने बताएका छन्।

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको हड्ताल सफल पार्न भन्दै सडकमा आएका प्रचण्डले भने, ‘फागुनको पहिलो सातापछि संयुक्त जनआन्दोलन हुन्छ अनि ओलीको आयु सकिन्छ।’

प्रचण्डले ओलीलाई पश्चाताप गरेर पछि हट्नु पर्ने बताए। उनले भने, ‘यदि ओलीले पश्चाताप गरेर पछि हटेनन् भने जनआन्दोलन नै हुन्छ। अहिलेसम्मकै ठूलो जनआन्दोलन हुन्छ।’

उक्त जनआन्दोलनले लोकतन्त्रका विरोधिहरुलाई बढार्ने विश्वास लिएको पनि प्रचण्डको भनाइ छ। उनले भने, ‘सरकारले दिउँसै रातपार्ने काम गरे। सरकारले जनविरोधि काम ग-यो र त्यसैको फलसस्वरुप हामी सडकमा छौ र अर्को जनआन्दोलन हुन्छ।’

पञ्चहरुले भएभरका मान्छेलाई पैसा दिएर ल्याएर पञ्च-याली गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘अहिलेको पनि सरकारले यस्तै गरेको मलाई लाग्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडकमा छ। पार्टीभित्रबाट काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्न बाध्ये भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै सर्वोच्चमा परेका रिटहरुमाथिको सुनुवाई जानरी छ। प्रचण्ड–नेपाल समूह लगायत प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले सडकमा आन्दोलन गरेर संसद पुर्नस्थापनको माग राखि दवाव दिइरहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.