add

निर्धक्क भएर आम हड्तालको अवज्ञा गर्नुस्, सुरक्षा दिन्छौं : गृह मन्त्रालय






ActPro Nepal

|

२२ माघ, २०७७

|
1127

काठमाडौँ । प्रचण्ड–माधव समूहको नेकपाले संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोधमा आज आम हड्ताल आयोजना गरेको छ । 

यसको विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी सरकारले दिएको छ । आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो । 

यसप्रति आफ्नो ध्यानाकर्षण भन्दै मन्त्रालयले हड्तालका क्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसमा संलग्नलाई कारवाही गर्ने चेतावनी दिएको हो । साथै, गृहले उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेशा-व्यवसाय पूर्ववत सञ्चालन गर्न पनि आग्रह गरेको छ । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्वद्ध सबै पक्षसँग मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ 

दैनिक सञ्चालन हुने उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै वाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने गृहले बताएको छ । ‘यातायात व्यवसायी लगायत सबै उद्यागी-व्यवसायीलाई निर्धकक एवं पूर्ववत्रुपमा आ-आफ्नो उद्योगधन्दा, पेशा-व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

हेर्नुहोस् विज्ञप्ति :-





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.