add

शेयर बजार घट्यो, साढे ८ अर्बको कारोबार






ActPro Nepal

|

२१ माघ, २०७७

|
1190

काठमाडौं । साताको चौंथो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ । बजार खुलेको केही समयमै २५०० अंक पार गरेको शेयर बजार कारोबार बन्द हुने समयसम्ममा घटेको हो ।

बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा झरेको हो । आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको हो ।

आज जलविद्युत, सामुहिक लगानी कोष, बैंकिङ्ग र लघुवित्त बोहक अन्य सबै समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.०४ प्रतिशत बढ्यो । त्यस्तै, सामुहिक लगानी कोष समुहको ०.३८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक २.२१ प्रतिशत घट्यो । त्यस्तै, फाइनान्स समुहको १.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको १.६५ प्रतिशत घट्यो ।

बुधबार २०१ कम्पनीको २ करोड ६ लाख ३८ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८२ करोडको कारोबार भयो ।

आज चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज स्वाभिमान लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, जनउत्थान लघुवित्तको ९.९८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमानेमा पोखरा फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ७.८८ प्रतिशत घट्यो । त्यस्तै, नारायणी विकास बैंकको ४.३९ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार ग्लोबल आईएमई बैंकले गर्यो । बैंकले ५६ करोड १९ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.