काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजारको नेप्से अंकमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै धेरै अंक हो ।
आज राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । मंगलबार सेन्सेटिभ इन्डक्स १४.१० अंकले बढेर ४५१.३८ अंकमा पुग्यो यो पनि नयाँ रेकर्ड हो ।
मंगलबार होटल बाहेक अन्य सबै समुहको सूचक बढ्यो । होटलको सूचक २.८५ प्रतिशत घट्यो ।
सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक बढ्यो । निर्जीवन बीमाको शेयर ५.०४ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ४.०७ प्रतिशत, लघुवित्तको ३.८० प्रतिशत बढ्यो ।
आज २०० कम्पनीको १ करोड ५० लाख ६३ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४६ करोड ५४ लाखको कारोबार भयो ।
मंगलबार १४ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । आज सबैभन्दा धेरै प्रभुलाइफ इन्स्योरेन्स र यूनाईटेड फाइनान्सका शेयर धनीले कमाए । दुवैको शेयर मूल्य १० प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा ओरन्टीएर होटलका शेयर धनी छन् । होटलको शेयर मूल्य ४.१५ प्रतिशत घट्यो ।
मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीले गर्यो । कम्पनीले ५७ करोड ७ लाख ८७ हजारको कारोबार भयो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।