add

यूएईले विदेशीलाई नागरिकता दिँदै, कस्ता व्यक्तिले पाउँछन् ?






ActPro Nepal

|

१८ माघ, २०७७

|
607

काठमाडौ। संयुक्त अरब इमिरेट्स (युएई) ले विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि सरकारले यस्तो घोषणा गरेको हो।

ठूलो संख्यामा नेपाली युवाहरुको बसोबास रहेको युएईमा सरकारले ‘बौद्धिक वर्ग’लाई नागरिकता दिने नीति अवलम्बन गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका व्यक्तिहरुलाई युएईको नागरिकता दिइने बताएका हुन् । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन्।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएकोमकतुमले बताएका छन्। यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन्। युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन।

युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन्।

युएई सरकारले तोकेका योग्यता पूरा भएका नेपालीहरु पनि यो सुविधाबाट लाभान्वित हुने बताइएको छ । सन् २०२० मार्चको तथ्यांकअनुसार युएईमा हाल दुई लाख ७५ हजारभन्दा बढी नेपाली रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.