add

नेपाली सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकै दिन गुमाए ७३ अर्ब






ActPro Nepal

|

१८ माघ, २०७७

|
3681

काठमाडौं ।   सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आइतबार करिब ५५ अंकको गिरावट आएको छ ।

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको आज दोस्रो दिन हो । बिहीबार नेप्से करिब १६.५५ अंकले घटेको थियो ।

बजारमा ठूलो गिरावट आउँदा लगानीकर्ताले एकैदिन करिब ७३ अर्ब गुमाएका छन् । बिहीबार ३२ खर्ब ६६ अर्ब रहेको लगानीकर्ताको कुल सम्पत्ति घटेर आज ३१ खर्ब ९३ सीमित भएको छ ।

अघिल्ला दुईसाता लगातार बढेको सेयर बजारमा प्रफिट बुक गर्ने हाबी हुँदा करेक्शन आएको हो । बजार घट्ने अन्य खास कारण केही नभए पनि अल्पकालीन कारोबारी हाबी हुँदा बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउँछन् ।

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । घटेको मौका छोपी सेयर उठाउनेहरु हाबी हुँदा करिब ९ अर्ब रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सामान्य करेक्शन आइरहने भएकाले लगानीकर्ताहरु आँत्तिहाल्नु पर्ने अवस्था नरहेको जानकारहरु बताउँछन् । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेको र कर्जाको ब्याजदरसमेत एकल अंकको रहेकाले बजारमा ठूलो गिरावट आइहाल्न अवस्था नरहेको उनीहरुको भनाइ छ ।

आज सेयर बजार मापक सूचक नेप्से ५४.७५ अंकले घटेर २३७०.५५ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० रुपैयाँ बराबरको १ करोड ६२ लाख ७७ हजार २३५ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४६०.३७ अंकले घटेको ।

कारोबारमा आएका २०६ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । पछिल्लो दुई सातादेखि सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ४३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा शिखर इन्स्योरेन्स ३४ करोड र प्रभु लाइफ इन्स्योरेन्स ३१ करोड हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज रिलायन्स फइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.३० प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.