add

नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व






ActPro Nepal

|

१८ माघ, २०७७

|
1337

काठमाडौं  । नेपाल फर्निचर तथा फर्निसिङ संघको २१औँ वार्षिक साधारणसभाले सुभेन्द्र जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

संघको साधारणसभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध रूपमा चयन गरेको हो ।  

संघको  वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी चयन भएका छन् । 

यसैगरी महासचिवमा महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा चयन भएका छन् । यस्तै कोषध्यक्षमा सुष्मा लम्साल र सहकोषध्यक्षमा केदारनाथ बस्ताकोटी चयन भएका छन् । सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिलविक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यकमान सिंह, डम्बर पराजुली र प्रवीणकुमार थापा चयन भएका छन् । 

वन पैदावारको उचित सदुपयोग हुन नसक्दा खेर गइरहेको पैदावार बराबरको वस्तु आयात गर्नु परिरहेको सङ्घको गुनासो छ । साधारणसभामा सङ्घका निवर्तमान अध्यक्ष रुपेश प्रधानले वैज्ञानिकीकरण, बजारीकीकरण र आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको बताए । उत्पादित काठ पनि समयमा कटान, संरक्षण, लिलाम र व्यवस्थापन गर्न नसक्दा फर्निचर व्यवसायीले समस्या खेप्नु परिरहेको, चाहिएको बखतमा उचित मूल्यमा सुलभ तरिकाले वन पैदावर नपाउँदा आयातित काठजन्य कच्चा पदार्थमा भर पर्ने दिन आएको उनको भनाइ थियो । 

सङ्घले फर्निचर उद्योगले प्रतिस्पर्धा गर्न सक्ने कर नीति ल्याउन पनि सरकारसँग माग गरेको छ । नत्र हाल सरकारी निकायले पनि आवश्यक फर्निचर सामग्री विदेशबाट आयात गर्ने प्रचलन बढेर जाने सङ्घको ठहर छ । सङ्घका नवनिर्वाचित अध्यक्ष जोशीले कोभिड–१९ का कारण माग कटौती हुँदा व्यवसाय सङ्कटमा परेको बताए । “फर्निचर उद्योगमा श्रमिकको पनि समस्या छ । यस्तै उद्योग खोल्ने ठाउँको पनि अभाव रहेकाले व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याउन सरकारसँग आग्रह गर्दछौं”, जोशीले भने । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्याउनका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको बताए । उनले वर्षेनी रु १२ अर्ब बराबरको काठ आयात भइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादनको खपत बढाउन र काठ निर्यात गर्ने अवस्थामा पुर्याउन वैज्ञानिक वन कार्यविधि खारेज गरिएको उनले जानकारी दिए ।  

देशभर १२ हजारको हाराहारीमा फर्निचर व्यवसायी छन् । यो व्यवसायले दुई लाख बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । सो व्यवसायमा करिब रु ३० अर्बको लगानी छ भने वार्षिक कारोबार रु ४० अर्ब माथि छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.