add

सिभिल लघुवित्तले २ करोड ७४ लाख नाफा कमायो






ActPro Nepal

|

१८ माघ, २०७७

|
903

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार सिभिल लघुवित्तले २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १७२.४२ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

 उक्त विवरण अनुसार गत वर्ष ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमाससम्म बढाएर ७ करोड ६ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ८८ लाख २१ ह्जार रुपैयाँबाट बढाएर ४ करोड ६ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम आइपुग्दा सिभिलले ४९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ८३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  

 हाल लघुवित्तको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ५९ लाख रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.