add

बुद्धभूमि नेपालको १२ करोडको आइपीओ आउँदै






ActPro Nepal

|

१४ माघ, २०७७

|
1117

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड बराबरको आइपीओ निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न माघ ८ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेका नुवाकोटका स्थानीका लागि ४ लाख कित्ता र सर्वसाधारण लागि ८ लाख कित्ता गरी कुल १२ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीको आइपीओ निष्काशन गर्न यस अघि नै सिभिल क्यापिटलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ।यसले कम्पनीको वित्तीय जोखिमवहन क्षमता औसतभन्दा कम रहेको जनाउँदछ ।

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले नुवाकोटको तादी खोलामा ५ मेगावाटको ओयोजना निमार्ण गर्दैछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.