add

बढ्यो लगानी आकर्षण : पर्यटनमा मात्रै साढे १५ अर्ब विदेशी लगानी प्रतिवद्धता






ActPro Nepal

|

१३ माघ, २०७७

|
1037

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा साढे २३ अर्बको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा विभिन्न १२३ उद्योगमा कुल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ४ अर्ब १५ करोड कम हो । अघिल्लो वर्ष सोही समयमा १४९ परियोजनामा २७ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाउँछ ।

पर्यटन क्षेत्रमा मात्रै साढे १५ अर्बको प्रतिवद्धता

विभागको तथ्यांक अनुसार यस अवधीमा पर्यटन क्षेत्रमा मात्रै साढे १५ अर्बको लगानी प्रतिवद्धता आएको छ ।

गएको पाँच महिनामा पर्यटन क्षेत्रमा मात्रै ७६ परियोजनामा १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ७ अर्बभन्दा धेरै हो । अघिल्लो वर्ष सोही समयमा ५९ परियोजनामा ८ अर्ब २ करोडको लगानी प्रतिवद्धता आएको थियो ।

धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा सेवा क्षेत्र रहेको छ । यस समयमा सेवा क्षेत्रका ३१ परियोजनामा ५ अर्ब ५ करोडको लगानी प्रतिवद्धता आएको छ ।

कृषी क्षेत्रमा भने लगानी प्रतिवद्धता सबैभन्दा कम रहेको छ । गएको पाँच महिनामा कृषी क्षेत्रमा जम्मा २ वटा परियोजनामा ३७ करोडको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.