add

सेयर कारोबारमा आजदेखि ‘टी प्लस टु’ लागू, दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्ने






ActPro Nepal

|

११ माघ, २०७७

|
1090

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले लागू गरेको सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ आजदेखि कार्यान्वयनमा भएको छ । 

यससँगै अब लगानीकर्ताले सेयर किनबेच गरेको पैसा र सेयर दुई दिन भित्र राफसाफ गरिसक्नु पर्नेछ । 

सेयर बेच्नेले कारोबार गरेको भोलिपल्ट सेयर ट्रान्सफर (ईडीआइएस) गर्नुपर्नेछ भने सेयर किन्नेले पनि किनेको भोलिपल्टै ब्रोकरको खातामा पैसा हाल्दिनु पर्नेछ । इडीआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टी प्लस १ भित्र भौतिक निर्देशन पूर्जी सम्बन्धित निक्षेप सदस्य (डीपी) मा बुझाउनु पर्नेछ। 

यसैगरी, धितोपत्र विक्री कारोबार गर्ने (ब्रोकर)ले सेयर राफसाफ गरी पूँजीगत लाभकर गणना गरी राफसाफ तथा फर्छौट प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । 

धितोपत्र बोर्डले गत महिना नै धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली–२०६९ संशोधन गर्दै टी प्लस टु लागू गर्न बाटो खुला गर्दिएको थियो । 

यस्ता छन् लगानीकर्ताले गर्नै पर्ने काम 

धितोपत्रको विक्री कारोबार गर्ने लगानीकर्ताले आफूले विक्रि गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि e-DIS जारी गर्दा T+1 अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्ने छ। 

e-DIS जारी गर्न नसक्ने लगानीकर्ताले T+1 भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनु पर्ने छ। धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई T+1 अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनु पर्ने छ। 

त्यस्तै राफसाफ सदस्यले धितोपत्रको विक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक WACC सम्बन्धी विवरण विक्रीकर्ता लगानीकर्ता बाट प्राप्त गरि T+2 को बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणाली(CNS) मा प्रविष्टि गरि सक्नु पर्ने छ। 

धितोपत्रको विक्री कारोवार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरि कुनै विक्रीकर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा T+2 को मध्यान्न १२ बजे भित्र सो विक्रिकर्ताको विक्री कारोबारको Shortage Mark गरिसक्नु पर्ने छ। 

धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री तथा खरिद कारोबारको गणना गरि सो को नेटिङ्ग पश्चात् हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा T+2 को मध्यान्न १२ बजे भित्र आफ्नो राफसाफ बैकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नु पर्ने छ। 

धितोपत्रको खरिद कारोवार गर्ने राफसाफ सदस्यले राफसाफ भैसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा T+2 मा राफसाफ तथा फर्छ्यौट सम्पन्न भए पश्चात् यथाशीघ्र राफसाफ तथा फर्छ्यौट प्रणाली (CNS) मार्फत् हस्तान्तरण गर्नु पर्ने छ। 

त्यस्तै निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो शेयर मार्फत् प्राप्त e-DIS को फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा (CDAS) अपलोड गरि सोको कारोबार सफल भएको यकिन गरि मेरो शेयरमा सो e-DIS फाईल प्रोसेस गर्नु पर्ने छ। 

e-DIS जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पूर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि सो को जानकारी सम्बन्धित लगानीकर्तालाई प्रदान गर्नु पर्ने छ। 

राफसाफ बैंकले भने हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरि सो को जानकारी प्रणालीमा प्रविष्टि गर्नु पर्ने छ। 

परिमार्जित चक्र अनुसार धितोपत्रको राफसाफ तथा फर्छ्यौट कार्य निर्धारित समयावधि भित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले आ-आफ्नो दायित्व पुरा गरि राफसाफ प्रक्रिया सम्पन्न गर्न सिडीएसले अनुरोध गरेको छ । 

धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिए संगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने र सो बाट लगानीकर्ताहरु थप लाभान्वित हुने विश्वास लिइएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.