add

घरजग्गा कारोबारले लय समात्यो, पुषमा ७६ हजार ५ सय ३२ संख्यामा कारोबार






ActPro Nepal

|

११ माघ, २०७७

|
1360

काठमाडौं । कोरोनाका कारण सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय अर्थतन्त्र चलायमान भएसँगै गति लिन थालेको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पुस महिनामा मात्रै देशभर ७६ हजार ५३२ घरजग्गा किनबेच भएका छन् । 

मंसिर महिनामा ६१ हजार ४५१ घरजग्गा किनबेच भएकोमा पुसमा आइपुग्दा यो संख्या १५ हजारले बढेर ७६ हजार नाघेको हो । 

तथ्यांक अनुसार घरजग्गा कारोबार मार्फत पुस महिनामा ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । मंसिरमा ५ अर्ब १४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

पुस महिनामा लिखत पारित, नामसारी, संसोधन, हालसाविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहीयानी हक नामसारी, मोही लागत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि जस्ता शिर्षकमा सेवा प्रदान गरेवापत राजश्व संकलन भएको छ । 

रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ७४ करोड २३ लाख, पुँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८३ लाख, सेवाकरबाट ४३ करोड ३९ लाख, बागमति सभ्यता शुल्क शीर्षकबाट १९ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । 

किन बढ्दै छ कारोबार ? 

घरजग्गाको कारोबार बढ्नुको मुख्य कारण कोरोनाले शिथिल भएको अर्थतन्त्र क्रमशः चलायमान हुनु नै हो । कोरोनाले बन्द भएका उद्योगधन्दा, व्यवसाय पछिल्लो समयमा संचालनमा आउँदा मानिसको आयआर्जनमा वृद्धि हुँदै गएको छ । 

विश्वव्यापी रुपमा कोरोनाको खोप आइसकेकाले मानिसहरु आशावादी हुँदै गएका छन् । सबै किसिमको व्यापार व्यवसायले गति लिँदै गर्दा मानिसहरु व्यापार व्यवसायबाट कमाएको पैसा घरजग्गामा लगानी गर्न थालेका छन् । जसले हरेक महिना कारोबार बढ्दै गएको हो । 

यसैगरी, पछिल्लो समय बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । अहिले सहजै र सस्तो ब्याजदरमा ऋण पाइने भएकाले नियमित आम्दानी भएका मान्छेहरु ब्याज सस्तो भएको मौका छोपी घरजग्गा जोड्न थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको छ । 

यस्तै, पछिल्लो समय सेयर बजारले इतिहास रच्दै गएको छ । सेयर बजारबाट कमाएका व्यक्तिहरु आफ्नो कमाइ सुरक्षित गर्न घरजग्गामा लगानी गर्न थालेका छन् । सेयर बजारबाट कमाएको पैसा घरजग्गामा डाइभर्ट हुन थालेकाले यसको कारोबार बढेको जानकारहरु बताउँछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.