add

बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा






ActPro Nepal

|

९ माघ, २०७७

|
1127

काठमाडाैं । चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्।

उखु किसान संघर्ष समितिले विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । बाँकी रहेको बक्यौता रकम भुक्तानी नपाएपछि उखु किसान सङ्घर्ष समितिले बिहीबार विज्ञप्ती जारी गरी पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

‘उद्योग मन्त्रालयको सम्झौतामा उल्लेख भएको समय सीमा समाप्त भैसकेको तर हालसम्म पनि उखु किसानको सम्पूर्ण रकम भुक्तानी गराउन सकेको छैन,’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म मन्त्रालयले कुन किसानहरूले कति रकम उद्योगीबाट पाउनु पर्ने र भुक्तानी पाइसकेको किसानहरूको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन नसकेको उनीहरूको भनाइ छ । ‘सोको विवरण सार्वजनिक नगराई दिँदा मन्त्रालयले दिएको मौखिक सूचनाबाट शंका उब्जिएको छ’, विज्ञप्तिमा भनिएको छ।

किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा भनिएको छ ।

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।

त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.